फानीबाट बंगलादेशमा १२ को मृत्यु

फानीबाट बंगलादेशमा १२ को मृत्यु


ऱ्या

बंगलादेशको तटीय इलाकामा फानी नाम दिइएको आँधीका कारण आइतबारसम्म १२ जनाको मृत्यु भएको छ ।

यस आँधीको कारण भारतको उडिसामा १२ लाख, बंगलादेशमा १६ लाख व्यक्ति शरणार्थी स्थलमा पुगेका छन् । बंगलादेशमा कम्तीमा ३६ गाउँमा बाढी आएको सो बाढीका परी दुई हजारभन्दा बढी घर ध्वस्त भएको समाचार समिति एएफपीले जनाएको छ ।

६ व्यक्तिको रुख र पर्खालहरू ढलेर मृत्यु भएको छ भने अन्य ६ जनाको चट्याङको कारण मृत्यु भएको बंगलादेशी विपद् व्यवस्थापन अधिकारी बेनाजिर अहमदले बताएका छन् ।

बंगलादेशी अधिकारीहरूले फानीका कारण घरहरूमा क्षति पुगेको, रुखहरू ढलेका, विद्युत सेवा अवरुद्ध भएको र रेल, सडक तथा हवाई सेवामा असर परेको बताएका छन् ।

टेलिभिजनहरूले तटीय क्षेत्रहरूमा आएको बाढीका कारण जलमग्न भएको दृश्य देखाएका छन् । बंगलादेशी अधिकारीहरूले दशौँ हजार मानिसलाई सुरक्षित स्थलमा पुऱ्याएका छन् ।

सन् २००९ मा आइला नाम गरेको आँधीले दक्षिणपश्चिम बंगलादेशमा ताण्डव मच्याउँदा झन्डै १७९ जनाको ज्यान गएको थियो भने तीस लाखभन्दा बढी मानिस प्रभावित भएका थिए ।