मेक्सिकोका अधिकारीहरूले देशको उत्तरी क्षेत्रमा गत साता भएको जेट दुर्घटनामा मृत्यु हुनेको संख्या १३ रहेको बताएका छन् ।
अमेरिकाको लास भेगासबाट आइतबार मेक्सिकोको मोन्टेरी शहरका लागि उडेको उक्त निजी विमान मेक्सिकोको विकट पहाडी इलाकामा खसेको थियो ।
विधिचिकित्सकहरूले विमानमा रहेका सबैको शव पहिचान गरेको मेक्सिकोका एक सरकारी वकिल गेरार्डो मार्केजले बताए । उनले मृत्यु भएका व्यक्तिमध्ये सातजनाकोे शरीर सग्लो स्वरूपमा भए पनि जलेको अवस्था रहेको तथा अरू ६ जनाको शरीर टुक्राटुक्रा भएको पनि जानकारी दिए ।
नागरिक उड्डयन अधिकारीहरूले बमबार्डियर च्यालेन्जर ६०१ जेट गत आइतबार सम्पर्कविहीन भएको थियो । उनीहरूले मौसम खराब भएका कारण विमान दुर्घटना भएको प्रारम्भिक अनुमान गरेका छन् ।
प्रतिक्रिया