छिमेकीले लगेको पैसा फिर्ता पाउँ भन्दै अनशन

छिमेकीले लगेको पैसा फिर्ता पाउँ भन्दै अनशन


झापाको गौरादह नगरपालिकामा छिमेकीलाई दिएको पैसा फिर्ताको माग गर्दै एक व्यक्ति चार दिनदेखि अनशनमा बसेका छन् ।

छिमेकीले लगेको ३७ लाख रुपैयाँ फिर्ताको माग राख्दै झापाको गौरादहस्थित बजारमा यामबहादुर दाहाल चार दिनदेखि अनिश्चतकालीन आमरण अनशनमा बसेका छन् । अनशनकारी दाहाललाई परिवार, स्थानीयहरूले समेत साथ दिँदै आएका छन् ।

दाहाल छिमेकी सिर्जना घिमिरेले लगेको आफ्नो पैसा उठाइपाउँ भन्दै अनशन बसेका हुन् ।
pic:rss