भारतमा सम्पन्न लोकसभा चुनावको मतगणना अहिले बिहान ८ः१५ बजेदेखि सुरु भएको छ । त्यसअघि सुरक्षा स्थिति भने निकै कडा पारिएको छ । यसका लागि भारतमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
भारतीय चुनाव आयोगकाअनुसार आजै मध्यान्नदेखि नतिजा आउन सुरु गर्नेछ । मत गणनाको कार्य प्रभावित नहोस् र कुनै अप्रिय घटना नहोस् भन्दै गृहमन्त्रालयले सबै राज्यहरुमा ‘हाइ अलर्ट’ गराएको छ ।
चुनाव अधिकारीले दुई चरणमा डाकबाट आएका ब्यालेटको जाँच गर्नेछन् । एक राउन्डमा १४ इबीएमको मतगणना हुन सक्ने बताइएको छ । यसपटक पनि प्रधानमन्त्री नरेन्द्र मोदीकै भारतीय जनता पार्टी नेतृत्वको एनडीएले सत्तामा कब्जा जमाउने संकेत एग्जिट पोलहरुले दिए पनि विपक्षी दलहरुले भने त्यो पोललाई खारेज गर्दै आफूहरुको पकड बलियो हुने दावी गरिरहेका छन् ।
यस अघि सन् २०१४ को निर्वाचनमा भाजपा एक्लैले ५४३ मध्ये २८२ सिट ल्याउँदा विपक्षी कांग्रेस ४४ सिटमा थन्किएको थियो ।
प्रतिक्रिया