‘प्राप्त जनादेशलाई स्वीकार्न तयार छु’

‘प्राप्त जनादेशलाई स्वीकार्न तयार छु’


भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीले आफू प्राप्त जनादेशलाई स्वीकार्न तयार रहेको बताएका छन् । उनले आफ्ना मतदातालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

‘म प्राप्त जनादेशको स्वीकार गर्दछु । प्रधानमन्त्री नरेन्द्र मोदीलाई जितको बधाई पनि ज्ञापन गर्दछु ।’ अध्यक्ष गान्धीले भने, ‘जनता मालिक हुन् । जनताले आफ्नो फैसला सुनाएका छन् । मैले कांग्रेसका कार्यकर्ताहरुलाई डराउनु पर्दैन भन्न चाहन्छु ।’

लोकसभा चुनाव २०१९ मा बीजेपीको जित र कांग्रेसको हारको विषयलाई लिएर नेपालमा बहस नै शुरु भएको छ । नेतादेखि सामान्य ब्यक्तिबिच भारतीय लोकसभाको निर्बाचन र प्राप्त मतपरिणामलाई लिएर निकै ठूलो बहस शुरु भएको हो ।

‘अमेठीमा स्मृति इरानी जित्नुभएको छ । उहाँलाई धेरै धेरै बधाई । जति माया पाउनुभयो, त्यसको ख्याल गर्नुहोला’ गान्धीले भने, ‘मैले मायाको जवाफ मायाले दिएको छु । यो चुनाव हार्नुको जिम्मेवारी मैले लिन चाहन्छु ।’ अमेठीमा इरानी ले कांग्रेस अध्यक्ष गान्धीलाई भारी मतान्तरले हराएकी छिन्।

पाकिस्तानी प्रधानमन्त्रीद्धारा मोदीलाई वधाई

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतका आफ्ना समकक्षी नरेन्द्र मोदीलाई बधाई दिएका छन् । लोकसभा निर्वाचनमा भाजपाले अत्याधिक बहुमत ल्याएकोमा बधाई दिँदै खानले दक्षिण एसियाको शान्ति, समृद्धि र प्रगतिका लागि सहकार्य गर्ने प्रतिक्षामा रहेको उल्लेख गरेका छन् ।

पाकिस्तानी प्रधानमन्त्री खानले ट्वीटरमा लेखेका छन्, ‘भाजपा र त्यसको गठबन्धन विजयी भएकोमा प्रधानमन्त्री मोदीलाई बधाई छ, दक्षिण एसियाको शान्ति, संमृद्धि र प्रगतिका लागि सहकार्य गर्न चाहन्छौँ ।’

प्रधानमन्त्री खानले यसअघि पनि मोदीको पार्टीले नै धेरै ठाउँमा जित हासिल गर्न सक्ने र उहाँसँग मिलेर आफुले काश्मिर समस्या समाधान गर्न सक्ने अभिव्यक्ति दिएका थिए ।