भारतमा भएको आमनिर्वाचनमा भारी बहुमतका साथ सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) विजयी भएसँगै प्रधानमन्त्रीका रूपमा नरेन्द्र मोदीले दोस्रो कार्यकालका लागि बिहीबार शपथग्रहण गर्ने भएका छन् ।
मोदीले दोस्रो प्रधानमन्त्रीय कार्यकालका लागि आगामी बिहीबार बेलुकी शपथग्रहण गर्ने भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । शपथग्रहणअघि प्रधानमन्त्री मोदी गृहराज्य गुजरातका गान्धीनगर पुगेर आफ्नी आमासँग आशीर्वाद लिने भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
सात चरणमा भएको निर्वाचनमा सत्तारुढ भारतीय जनता पार्टी भाजपा एक्लैले ३ सय ३ सिट जितेको छ भने उसको गठबन्धनले ३ सय ४९ सिटमा विजय हात पारेको छ । आफ्नो गठबन्धनलाई दुईतिहाइ स्थानमा विजय गराएकोमा बिहीबारै मोदीले आफ्ना मतदाता तथा जनतालाई धन्यवाद दिएका थिए ।
नयाँ सरकार निर्माणका लागि मोदीले आज शुक्रबार पार्टी पदाधिकारी तथा मन्त्रिपरिषद्का पदाधिकारीसँग भेटवार्ता गर्ने जनाइएको छ ।
प्रतिक्रिया