डुंगा दुर्घटनामा परी चीनमा दशको मृत्यु

डुंगा दुर्घटनामा परी चीनमा दशको मृत्यु


चीनको दक्षिणपश्चिमी प्रान्त गुइझाओमा बिहीबार अपराह्नमा भएको एक डुंगा दुर्घटनामा कम्ती दश व्यक्तिको मृत्यु भएको छ ।

स्थानीय समयानुसार शुक्रबार २ बजेसम्म यस दुर्घटनामा परेका १० व्यक्ति बेपत्ता रहेका स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् ।

दुर्घटनामा परेका ११ व्यक्तिलाई भने उद्धार गरिएको र घाइते भएका सबैलाई स्थानीय अस्पतालमा उपचारको लागि लगिएको छ ।

स्थानीय समयाअनुसार बिहीबार बेलुका ६ः३० मा दुर्घटना भएको यस डुंगामा २९ व्यक्ति सवार रहेका बताइएको छ । दुर्घटनाको कारण खोजी भइरहेको जनाइएको छ ।