कार्गो जहाजमा ग्यास चुहिएर चीनमा दशको मृत्यु

कार्गो जहाजमा ग्यास चुहिएर चीनमा दशको मृत्यु


चीनको सानदोङ प्रान्तको लोङयान बन्दरगाहमा शनिबार एउटा सामान बोक्ने पानीजहाजबाट कार्बन डाइअक्साइड ग्यास चुहिएका कारण दशजनाको मृत्यु भएको छ ।

स्थानीय अधिकारीहरूका अनुसार फुजियान सिपिङ कम्पनीको जहाज मर्मतका क्रममा ग्यास चुहिएको हो । उक्त दुर्घटनामा अरू १९ जना घाइते भएका छन् । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको र उनीहरूको स्वास्थ्य अवस्था स्थिर रहेको छ ।

ग्यास चुहिएको सम्बन्धमा जिम्मेवार केही व्यक्तिलाई प्रहरीले गिरफ्तार गरेको छ । उक्त घटनाबारे अनुसन्धान थालिएको स्थानीय अधिकारीले बताएका छन् ।