भारतमा हालै सम्मपन्न लोकसभा निर्वाचनको परिणामपछि विहार राज्यका पूर्वमुख्यमन्त्री तथा आरजेडीका सुप्रीमो लालुप्रसाद यादवले खाना खान छोडेका छन् । खाना छोडेपछि यतिबेला लालुलाई उपचारको लागि राँचीको एउटा अस्पतालमा भर्ना गरिएको भारतीय मिडियाले जनाएका छन् ।
खाना छोडेपछि लालुको स्वास्थ्य बिग्रँदै गएको र उनलाई इन्सुलिन दिन पनि गाह्रो भएको उपचार संलग्न चिकित्सकहरूको भनाई छ ।
लोकसभा निर्वाचनमा लालुको पार्टीले विहारमा ‘खाता’समेत खोल्न सकेन । विहारका ४० मध्ये विजेपीले ३९ र कांग्रेसले एक सिटमा विजय हासिल गरेका थिए । महागठबन्धन बनाएर चुनाव लडे पनि आरजेडीले बिहारमा एउटै पनि सिट जित्न नसकेपछि त्यसबाट लालुलाई गहिरो मानसिक चोट परेको अनुमान गरिएको छ ।
प्रतिक्रिया