नयाँ सरकारमा सामेल नगर्न मोदीलाई अरुण जेट्लीको पत्र

नयाँ सरकारमा सामेल नगर्न मोदीलाई अरुण जेट्लीको पत्र


भारतीय जनता पार्टी (भाजपा) का नेता तथा यसअघिको नरेन्द्र मोदी सरकारमा रक्षा तथा अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेका अरुण जेट्लीले नयाँ सरकारमा आफूलाई कुनै पनि भूमिकामा सामेल नगर्न मोदीसँग आग्रह गरेका छन् ।

उनले आफू गम्भीर स्वास्थ्य समस्यासँग जुधिरहेको भन्दै सो आग्रह गरेका हुन् । जेट्लीले बुधबार पत्र लेखेरै सो आग्रह गरेका छन् । उनले मोदीलाई लेखेको पत्रमा अहिलेको आफ्नो पहिलो प्राथमिकता आफ्नो उपचार रहेको भन्दै अब बन्ने सरकारमा आफूलाई कुनै पनि जिम्मेवारी नदिन आग्रह गरेका हुन् ।

जेट्लीले मोदीलाई पठाएको पत्रमा उल्लेख छ, ‘म यो पत्रद्वारा मेरो उपचार र स्वास्थ्यका लागि आवश्यक फुर्सद दिनुहुनु अनुरोधका साथै हाललाई सरकारमा कुनै जिम्मेवारी लिन असमर्थ भएको जानकारी पनि गराउँछु ।’

नरेन्द्र मोदीले दोस्रो कार्यकालका लागि भोलि बिहीबार साँझ प्रधानमन्त्रीको शपथग्रहण गर्दै छन् । त्यसपछि उनले आफ्नो मन्त्रिमण्डलको घोषणा गर्ने अनुमान गरिएको छ ।