मेक्सिकोको पूर्वी क्षेत्रको भेराक्रुज राज्यमा बुधबार भएको सडक दुर्घटनामा कम्तीमा २१ जनाको मृत्यु हुनुका साथै ३० जनाभन्दा बढी घाइते भएका छन् ।
प्रहरीका अनुसार यात्रु बोकेको पर्यटक बससँग मिनीट्रक ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनालगत्तै बसमा आगलागी पनि भएको थियो ।
स्थानीय आपतकालीन टोली पुगेर बसमा यात्रारत व्यक्तिको उद्धार गरेको थियो । घाइतेहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ ।
प्रत्यक्षदर्शीका अनुसार ओरालोमा गुडिरहेको बसको ब्रेकले काम नगरेका कारण मिनीट्रकमा बस ठोक्किएको थियो ।
प्रतिक्रिया