मध्यबेइजिङमा अवस्थित एक सपिङ मलमा गत वर्ष आक्रमण गर्ने एक व्यक्तिलाई बिहीबार एक अदालतले मृत्युदण्डको सजाय सुनाएको छ । सो आक्रमणमा परी एक व्यक्तिको मृत्यु हुनुका साथै अन्य १४ व्यक्ति घाइते भएका थिए । बेइजिङको जनअदालतले झु जिया नामक ती व्यक्तिलाई मृत्युदण्डको सजाय सुनाएको हो ।
गत वर्षको फेब्रुअरी ११ मा सिचुङ जिल्लामा रहेको जोए सिटी मलमा झुले त्यहाँ रहेका व्यक्तिमाथि आक्रमण गरेका थिए ।
निर्दोष व्यक्तिमाथि गरेको यस आक्रमणको कारबाहीस्वरूपमा अदालत झुलाई मृत्युदण्डको सजाय दिइएको समाचारमा जनाइएको छ ।
प्रतिक्रिया