इरानले किन खसाल्यो अमेरिकी जासुसी विमान ?

इरानले किन खसाल्यो अमेरिकी जासुसी विमान ?


अमेरिकाको जासुसी सैन्य विमान इरानले खसालेको छ । इरानले आफ्नो दक्षिणी क्षेत्रमा आएको अमेरिकी सैन्य ड्रोन खसालेको जनाएको हो ।

इरानले अमेरिकी विमान खसालेसँगै दुई मुलुकबीचको तनाव थप बढ्नसक्ने अनुमान गरिरहँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अमेरिकी विमान खसालेर ठूलो गल्ती गरेको चेतावनी दिएका छन् । यसअघि अमेरिकी अधिकारीले ड्रोन खसालेको घटनालाई पुष्टि गरेका थिए । इरानले हवाई क्षेत्रको उलंघन गर्दै आएको अमेरिकी विमानलाई खसालेको बताएको छ ।

इरानको विदेश मन्त्रालयले अमेरिकाको यो कदम र ट्रम्पको प्रतिक्रियाको विरोध गरेको छ । अमेरिका र इरानको बीचमा परमाणु सम्झौताको विषयलाई लिएर तनाव बढिरहेको अवस्थामा यस्तो घटना भएको हो । एजेन्सीहरुको अनुसार गत वर्ष अमेरिकाले इरानसँग भएको परमाणु सम्झौताबाट बाहिरिने निर्णय गरेको थियो ।