बेइजिङको नयाँ विमानस्थलले ६ लाख रोजगारी सिर्जना गर्ने

बेइजिङको नयाँ विमानस्थलले ६ लाख रोजगारी सिर्जना गर्ने


बेइजिङको दासिङ अन्तर्राष्ट्रिय विमानस्थलले झण्डै ६ लाख रोजगारी सिर्जना गर्ने भएको छ ।

विमानस्थलको तर्फबाट शुक्रबार दिइएको जानकारी उद्धृत गर्दै सिन्ह्वाले जनाएअनुसार निकट भविष्यमै विमानस्थलले यति धेरै रोजगारी सिर्जना गर्ने भएको हो ।

चीनको नागरिक उड्डयन प्रशासन कार्यालयका झङ रुईले सन् २०२५ सम्ममा सात करोड २० लाख यात्रु तियानजिन उत्रने दाबी गरे ।

अहिले निर्माणाधीन अवस्थामै रहेको बेइजिङ दासिङ अन्तर्राष्ट्रिय विमानस्थल आउँदो सेप्टेम्बारदेखि सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।

बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा अत्यधिक चाप भएपछि त्यसको बैकल्पिक व्यवस्था स्वरुप सो विमानस्थल निर्माण गरिएको हो । सन् २०१८ को तथ्याङ्कअनुसार झण्डै दश करोड यात्रुले उक्त विमानस्थल प्रयोग गरेका थिए ।