ट्रम्पको चिठी पढ्दै किमले भने, ‘असाधारण साहस’

ट्रम्पको चिठी पढ्दै किमले भने, ‘असाधारण साहस’


अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जङ–अनलाई पत्र पठाएको समाचार प्राप्त भएको छ । दक्षिण कोरिया भ्रमणको तयारीमा जुटिरहेका ट्रम्पले त्यसको पूर्वसन्ध्यामा उत्तर कोरियाली नेतालाई पत्र पठाएका हुन् । उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमका अनुसार ट्रम्पले पठाएको पत्र पढेपछि उत्तर कोरियाली नेता किम जङ–अनले पत्रको खुलेर प्रशंसा गरेका छन् ।

किमले ट्रम्पको पत्रलाई गजबको भन्दै प्रशंसा गरेको र त्यसमा रहेको चाखलाग्दो बेहोराबारे गहन ढङ्गले सोचविचार गर्ने बताएको समाचार बीबीसीले उल्लेख गरेको छ ।

जुन महिनाको प्रारम्भमा उत्तर कोरियाली नेताले आफूलाई ‘एउटा सुन्दर पत्र’ पठाएको ट्रम्पले बताएका थिए । अहिले ट्रम्पको पत्र कसरी र कहिले किमलाई पठाइयो भन्ने खुलासा गरिएको छैन । त्यसबारे ह्वाइट हाउसले कुनै प्रतिक्रिया दिएको छैन ।

यसै साता अमेरिकासँग दुरी बढेको चीनका राष्ट्रपति सि जिनपिङले उत्तर कोरियाको भ्रमण गरेका थिए । त्यस लगत्तै ट्रम्पले किमलाई पत्र पठाएको समाचार सार्वजनिक हुनुलाई अर्थपूर्ण मानिएको छ ।

किमले ट्रम्पको पत्रलाई उत्कृष्ट र असाधारण साहस भन्दै प्रशंसा गरेका छन् ।