बङ्गलादेशका प्रधानमन्त्री चीन भ्रमण गर्दै

बङ्गलादेशका प्रधानमन्त्री चीन भ्रमण गर्दै


बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले आगामी महिना चीन भ्रमण गर्नुहुने भएको छ ।

‘चिनियाँ प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा हसिना जुलाई ३ मा दुई दिने औपचारिक भ्रमणका लागि बेइझिङ आउने कार्यक्रम तय भइसकेको छ,’ चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता गेङसुवाङले पत्रकारसँगको नियमित भेटमा मङ्गलबार बताउनुभयो ।

चीनको औपचारिक भ्रमणपूर्व हसिनाले उत्तरपूर्वी चीनको दलियानमा हुने १३औँ गृष्मकालीन डेभोस फोरममा पनि सहभागिता जनाउनुहुने बताइएको छ ।