नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु

नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु


कैलालीको लम्कीचुहा र चिसापानी नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु भएको छ ।
लम्कीको रोरा नदीमा नुहाउने क्रममा डुबेर लम्कीचुहा नगरपालिका २ का १५ वर्षीय मिलन उपाध्याय र चिसापानीमा रानी जमरा गुलरिया सिचाई आयोजनाको नहरमा डुबेर कोहलपुरका कृष्ण ओलीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतका अनुसार चिसापानीमा पिकनिक मनाउन आएका कोहलपुरका ओली नुहाउने क्रममा पानीमा डुबेका थिए । नहरमा डुबेर घाईते भएका कोहलपुरकै करण बुढाथोकीको लम्किमा रहेको लालरत्न अस्पताल उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।