हवाई आक्रमणमा दश लडाकु मारिए

हवाई आक्रमणमा दश लडाकु मारिए


अफगानिस्तानमा सुरक्षाकर्मीले गरेको हवाई आक्रमणमा परी कम्तीमा दशजना तालिवान लडाकु मारिएका छन् । देशको पाक्तिया प्रान्तमा पर्ने गार्डासिरा जिल्लामा भएको हवाई कारबाहीमा परी उनीहरू मारिएको प्रान्तीय प्रहरी प्रवक्ता सर्दार वली तबासमले आइतबार जानकारी दिए ।

गुप्तचर निकायले दिएको सूचनाका आधारमा सुरक्षाकर्मीहरूले शनिबार राती गार्डासिरा जिल्लाको सारखिलो क्षेत्रमा आक्रमण गरेका हुन् । घटनास्थलबाट सुरक्षाकर्मीहरूले केही हातहतियारसमेत बरामद गरेको प्रवक्ता तवासमले जानकारी दिए ।

उनका अनुसार स्थलगत रूपमा गएका सुरक्षाकर्मीले अरू दशजनालाई गिरफ्तार पनि गरेका छन् । घटनाबारे तालिबान लडाकुको तर्फबाट भने कुनै प्रतिक्रिया आएको छैन ।
सिन्ह्वा