आफगानिस्तानमा भीषण विस्फोट, ३४ जनाको ज्यान गयो

आफगानिस्तानमा भीषण विस्फोट, ३४ जनाको ज्यान गयो


आफगानिस्तानको काबुलमा सोमबार बिहान भएको शक्तिशाली विस्फोट गराइएको छ । विष्फोटमा परी ३४ जनाभन्दा बढीको मृत्यु भएको संचारमाध्यमहरुले जनाएका छन् । उनिहरुका अनुसार विस्फोटमा परी अन्य ६८ जना ब्यक्ति घाइते भएका छन् ।

टोलो समाचार समितिका अनुसार विस्फोटक पदार्थ बोकेको एक कार राजधानी काबुलमा विस्फोटन भएको हो । विस्फोटमा मृतकको संख्या अझै बढ्ने अनुमान छ ।

संचारमाध्यमलाई प्राप्त जानकारी अनुसार विस्फोटपछि आक्रमणबारीहरु एक निर्माणाधीन भवनमा छिरेका थिए भने सुरक्षाबल र आक्रमणकारीबीच दोहोरो भिडन्त पनि भएको बुझिएको छ । घटनाको जिम्मेवारी तालिवानीले लिएको बताइएको छ ।