संसद् भवनभित्रै छिरेर तोडफोड

संसद् भवनभित्रै छिरेर तोडफोड


हङकङमा संसद् भवनभित्रै छिरेर तोडफोड भएको छ । सुपुर्दगी सम्बन्धी प्रस्तावित विधेयकको विरोधमा उत्रेका प्रदर्शनकारीहरु हङकङको संसद् भवनभित्रै पुगेर तोडफोड गरेका हुन् ।

विगत लामा समयदेखि हङकङमा जारी प्रदर्शनले झनै उग्र रुप लिएको छ । उनीहरुले त्यहाँ ब्यापक तोडफोड गरेका छन् । दर्जनौं प्रदर्शनकारी जबरजस्ती संसद् भवनभित्र छिरेर भवनको झ्यालका सिसाहरु फुटाइदिएका छन् ।

उक्त क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप समेत भएको छ । प्रदर्शनकारीहरुलाई नियन्त्रणमा लिन प्रहरीले लाठी चार्ज गर्नुका साथै अश्रुग्याससमेत प्रहार गरेको थियो । संसद् भवनभित्र छिरेकाहरुलाई संसद् भवनबाहिर प्रदर्शन गरिरहेकाहरुले साथ दिएका थिए ।

बेलायतले हङकङ चीनलाई हस्तान्तरण गरेको २२ औँ वार्षिकोत्सव मनाइँदै गर्दा उनीहरु संसद्भित्र छिरेको बताइएको छ ।