राहत प्रदान गर्दै सांसद चौधरीले भनिन्- ‘बाढिप्रभावितको पीडा सम्बोधन गरियोस्’

राहत प्रदान गर्दै सांसद चौधरीले भनिन्- ‘बाढिप्रभावितको पीडा सम्बोधन गरियोस्’


नेपाल भारत महिला मैत्री समाजको तर्फबाट सर्लाहीका (प्रदेश नं.२) बाढिपीडितका लागि राहत वितरण गरिएको छ । सर्लाहीको कौडेना, बसबरिया र रामनगर गाउँपालिकाअन्तर्गत कुल ६ वटा वडा मा यही साउन १०, ११ र १२ गते चार सय घरधुरीलाई त्रिपाल एवं लामखुट्टेनिरोधक झुल वितरण गरिएको हो ।

संस्थाका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य चन्दा चौधरी स्वयम् राहत समाग्री लिएर बाढीप्रभावित क्षेत्रमा पुगी अनुगमन समेत गरेर पीडितहरूलाई राहत वितरण गर्नुभएको हो ।

गृहजिल्लामा राहत वितरण गर्दै सांसद चौधरीले बाढिप्रभावित क्षेत्रमा यथोचित राहत पुग्न नसकेको भन्दै गुनासो र दुःख प्रकट गर्नुभयो । हजारौँको संख्यामा बाढिपीडिहरूले अझै उचित गाँस, बासबाट बञ्चित बन्नुपरेको उहाँको भनाई छ ।

स्थानीय, प्रदेश एवं संघीय सरकारले बाढिपीडितको पीडालाई यथासीघ्र अर्थपूर्ण सम्बोधन गर्नुपर्ने उहाँको माग छ ।