साझा न्युजलाई मुख्यमन्त्रीको शुभकामना

साझा न्युजलाई मुख्यमन्त्रीको शुभकामना


  • एस. क्षेत्री, तौलिहवा

प्रदेश नम्बर ५ स्थित कपिलवस्तुको सदरमुकाम तौलिहवाबाट प्रकाशित भैरहेको साझा न्युज साप्ताहिक पत्रिका १०औँ वर्षमा प्रवेश गरेको छ।

यस अवसरमा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले सो पत्रिकालार्ई शुभकामना दिएका छन् । आफ्नो शुभकामना पत्रमा मुख्यमन्त्री पोखरेलले स्थनीयस्तरबाट अखबार निरन्तर प्रकाशन गर्नु निकै चुनौतीपूर्ण काम भएको उल्लेख गर्दै चुनौतीको सामना गरी निरन्तर प्रकाशन हुन सफल साझा न्यूज साप्ताहिकलाई आगामी यात्राका लागि शुभकामना व्यक्त गर्दछु भनेका छन् ।

मुख्यमन्त्रीको सन्देशमा अगाडि भनिएको छ, ‘यतिखेर मुलुक नयाँ नेपाल निर्माणको दिशामा अघि बढेको छ। संविधान संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएपछि विकास र समृद्धिको अभियान शुरु भएको छ। तीनै तहमा जननिर्वाचित प्रतिनिधिहरुले तहगत सरकारको नेतृत्व सम्हालेदेखि संघीयताको राजनीतिक आधारशीला आधारभूत रुपमा खडा हुँदै कानुनी, प्रशासनिक र संरचनागत हिसाबले संघीयताको व्यवहारमा कार्यान्वयन गर्दै नागरिकका आकांक्षा पूरा गर्न दृढसंकल्पित छन्।’

‘हामी प्रदेश समृद्धिका लागि समृद्व प्रदेश ,खुसी जनताको लक्ष्य वोकेर अघि बढिरहेको छौँ । संघीय सरकारले सुखी नेपाली समृद्ध नेपालको लक्ष्य अघि सारेको छ । हामी प्रदेशको विकास र समृद्धिको बाटोबाट उक्त लक्ष्य पूरा गर्न सार्थक योगदान गर्न चाहन्छौँ ।’

‘समृद्धिको यो अभियानमा सञ्चार क्षेत्रको सार्थक सहयोगको आवश्कता छ। सहि सुचना प्रवाह गरी नागरिकलाई सुसूचित गर्दै यो अभियानमा सहभागी हुने अपेक्षा गरेका छौँ, आगामी दिनको यात्रा अझ राम्रो बनोस् ।’

साझा न्युजका प्रकाशकरसम्पादक तथा कपिलवस्तु प्रेस युनियनका अध्यक्ष गोपाल भण्डारीले १०औँ वर्षमा प्रवेश गरेकोमा खुशी ब्यक्त गर्दै आगामी दिनमा जनहितका लागि अझै सशक्त भएर लागि पर्ने प्रतिबद्धता ब्यक्त गरे ।

पत्रिकाका कार्यकारी सम्पादक नारद कोहारले कपिलवस्तु भारतीय सीमानासँग जोडिएको जिल्ला भएकोले पत्रकारितामा निकै चुनौती हुने भए तापनि समाज, विकास निर्माणका लागि निरन्तर लागिपर्ने बताउँदै बुद्धले २९ वर्ष बिताएको यो प्राचीन कपिलवस्तु जिल्लालाई नेपालमा मात्र नभई विश्वसामु चिनाउन आफ्नो क्षेत्रबाट सधै लागिपर्ने बताए ।