संसारको सबैभन्दा महङ्गो भ्वाइलिन

संसारको सबैभन्दा महङ्गो भ्वाइलिन


लण्डन । इटालीको वादन बनाउने सिकर्मी गुआरनेरी डेल ग्यासुले विउक्सश्टेम्प्स गुआरनेरी नामक विश्व चर्चित सन् १७४१मा बनाएको भ्वाइलिन विश्व इतिहासमा अहिलेसम्मको सबैभन्दा महङ्गो रकम १८ मिलियन अमेरिकी डलरको अपेक्षा गरेर निलाम बिक्रीको लागि सिकागो शहरमा राखिएको छ । संसारका प्रमुख व्यावसायिक कम्पनीमध्ये एउट कम्पनी बइन एण्ड फूशीले यस भ्वाइलिनलाई निलाम बिकरी गरिँदैछ भन्ने कुरा प्रकाशमा आएको छ । १९औं शताब्दिको विख्यात भ्वाइलिन वादक हेन्री विउक्सशटेम्प्सको नामको पछाडि यस भ्वाइलिनको नामाकरण गरेर विउक्सशटेम्प्स गुआरनेरी राखिएको हो । विश्वका केही उत्कृष्ट भ्वाइलिन् वादकहरुले यस भ्वाइलिनलाई बजाएर आफ्नो कला प्रस्तुत गरिसकेका छन् भनेर अभिलेख प्रतिवेदनमा उल्लेख गरेको छ । भ्वाइलिनहरुको मोनालिसा भनेर चिनिने यस भ्वाइलिनको मालिक भूतपूर्व ब्रिटिस फाइनेन्सर र म्यूजिक फिलान्थ्रोपिष्ट इयान स्टाउज्करले सर आइज्याक उल्फसन उल्फसन कालेज, अस्क्फोर्डका संस्थापकबाट लिएका हुन् । यस भ्वाइलिन्को आवाज र साइजको प्रशंसा गर्दै भ्वाइलिन बनाउने सिकर्मीलाई निलाम गर्ने कम्पनीका जिआफ्री फुशीले प्रशंसा तथा धन्यवाद दिएका छन् । उनका अनुसार यस वादनमा जीवन लिप्त छ र जीवितसरह यसले जीवन पाएको विश्वास गर्छन् र उनी अघि भन्छन् -यस वादनलाई बजाउने संगीतकारहरुले भने अनुसार वादन स्वयं वादकलाई केही सिकाइरहेको झै भान् हुने भन्छन् । यो भ्वाइलिनको छुट्टै आफ्नै पहिचान भएको कुरा यसलाई बजाउने सिकागोका पिटर क्वुइन्टले उद्धृत गरेका छन् । यस वादनको अद्भूत शक्ति, आवाजको उचाइ र अति उच्चकोटीको तरङ्ग भएको मान्दछन् र यसको पेलेटमा लगाइएका रङले भिन्नै अनुभूतिलाई व्यक्त गर्ने प्रेरणा दिन्छन् भनेर पिटरले व्यक्त गरेका छन् ।
श्रोत नेट, सुमल, मेस ।