अस्पतालमा आगलागी हुँदा आठ नवजात शिशुको मृत्यु

अस्पतालमा आगलागी हुँदा आठ नवजात शिशुको मृत्यु


अल्जेरियाको पूर्वी भागमा मंगलबार बिहान सबेरै एक अस्पतालको प्रसूति इकाइतर्फ भएको आगलागीमा परी आठ नवजात शिशुको मृत्यु भएको आकस्मिक सेवाले जनाएको छ ।

राजधानी अल्जियर्सबाट करिब पाँच सय किलोमिटर टाढा रहेको ओयुड सोउफमा रहेको यस अस्पतालमा स्थानीय समयानुसार बिहान ३ः५० बजे सो आगलागी भएको जनाइएको छ ।

अस्पतालबाट ११ नवजात शिशु, १ सय ७ महिला र २८ जना कर्मचारीको उद्धार गरिएको आकस्मिक सेवाका प्रवक्ता नसिम बेनाओवी बताएका छन् । आगलागीमा परी आठ शिशुको भने मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।
एएफपी