इटालियन व्यवसायीसँग बिहे गर्दै बेलायती राजकुमारी बेट्रिस

इटालियन व्यवसायीसँग बिहे गर्दै बेलायती राजकुमारी बेट्रिस


बेलायती रानी एलिजाबेथ द्वितीयकी नातिनी राजकुमारी बेट्रिसको बिहेको तिथि तय गरिएको छ । बेलायती राजदरबार बकिङघम प्यालेसमा एडवार्डो मापेल्ली मोज्जीसँग उनको बिहे सुनिश्चित गरिएको दरबारद्वारा जारी वक्तव्यमा उल्लेख रहेको एएफपीले जनाएको छ ।

दरबारले बिहीबार जारी गरेको वक्तव्यका अनुसार राजदरबारका नयाँ ज्वाँई मोज्जी इटलीका व्यवसायी हुन्। उनको परिवार इटलीमा उच्च वर्गको परिवार मानिन्छ ।

सेप्टेम्बरको पहिलो हप्तामा इटली गएर आएपछि उनीहरुको बिहे सुनिश्चित गरिएको वक्तव्यमा जनाइएको छ । बिहे आगामी सन् २०२० मा गरिने वक्तव्यमा उल्लेख छ ।

बेलायती युवराज एन्ड्रुकी छोरी बेट्रिस अहिले ३१ वर्ष भएकी छन् । छोरीको बिहे हुने निश्चित भएकोमा आपूु प्रशन्न भएको एन्ड्रुले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ।

बिहे गर्न लागेकी राजकुमारी बेट्रिस बेलायती राजगद्दीको उत्तराधिकारी मध्ये नवौँ क्रममा पर्छिन् ।