फान्सका पूर्वराष्ट्रपति सिराकको निधन

फान्सका पूर्वराष्ट्रपति सिराकको निधन


फ्रान्सका पूर्व राष्ट्रपति ज्याक सिराकको बिहीबार निधन भएको छ । ८६ वर्षीय सिराकको निधनबारे उनको पारिवारिक स्रोतले जानकारी गराएको समाचार एजेन्सीहरुले जनाएका छन् ।

सिराक फ्रान्सको राजनीतिमा करिव तीन दशक निकै चर्चामा रहेका राजनीतिक व्यक्तित्व हुन् । पेरिसको नगरप्रमुख, प्रधानमन्त्री हुँदै सन् १९९५ देखि सन् २००७ सम्म फ्रान्सको राष्ट्रप्रमुखका रूपमा उनले गरेका कामले उनलाई फ्रान्सेलीहरू एक कुशल राजनीतिज्ञका रूपमा चिन्ने गर्छन् ।

सिराकको समयमा फ्रान्सको पहलमा यूरोपमा एकल मुद्रालाई प्रचलनमा ल्याइएको थियो । उनले अमेरिकाद्वारा सन् २००३ मा इराकमा गरेको आक्रमणलाई सशक्त विरोध गरेकोले वासिङ्टनसँगको सम्बन्धमा समेत समस्या आएको थियो ।

एक राजनीतिक योद्धाका रूपमा फ्रान्सको राजनीतिमा छाएका सिराक सन् १९८१ र १९८८ को राष्ट्रपतीय निर्वाचनमा पराजित भए पनि सन् १९९५ मा एलिसी दरबारको नेतृत्व लिन सफल भएका थिए भने उनी सन् २००२ मा पुनः राष्ट्रपतिमा निर्वाचित भएका थिए ।

सिराकको निधनपछि फ्रान्सका राष्ट्रपति रिचार्डले सिराकलाई फ्रान्सको इतिहासका रूपमा स्मरण गरेका छन् ।