तिहारलाई लीक्षत गरेर ‘ह्याप्पी तिहार चिसो बियर…’ बोलको गीत युटुबमा राखेर समाजलाई ‘मिस गाइड’ गरेको आरोपमा पक्राउ परेका गायक दुर्गेश थापा रिहा भएका छन् ।
थापाले सो विवादित गीत युट्युबबाट हटाएर सार्वजनिक रूपमा माफी मागेपछि रिहा भएका हुन् ।
गायक थापाविरुद्ध समाजलाई मिस गाइड गर्ने गीत सार्वजनिक गरेको भन्दै उजुरी परेपछि प्रशासनको आग्रहमा प्रहरीले उनलाई मंगलबार बालाजुबाट पक्राउ गरेको थियो ।
थापाको सो गीतमा ‘ए निकाल गाँजा, खानुपर्छ आज’जस्ता शब्द प्रयोग गरेका थिए ।
प्रतिक्रिया