विश्वको सबैभन्दा बढी उमेरकी महिला

विश्वको सबैभन्दा बढी उमेरकी महिला


लण्डन । ग्यारोन्टोलोजी रिसर्च ग्रुपले फ्रान्सको एकसय चौदह वर्षीय युजेनी ब्ल्याण्चार्डलाई हालको सबैभन्दा बृद्धा मानिस घोषित गरेको छ । तर, हालै प्राप्त समाचारअनुसार जर्जियाको एउटा गाउँमा जन्मिएकी बृद्धा महिलाले केहीदिनअघि १३० वर्षगाँठ मनाएकी छिन् । हालको सबैभन्दा बृद्धा घोषित पुरुषभन्दा १६ वर्ष जेठी महिलाको जन्म सन् १८८०मा भएको भनेर जर्जिया सरकारको प्रवक्ताले प्रकाश पारेका छन् । उनको जन्म प्रमाणपत्र हराएको कुरा प्रकाशमा आएको छ । तर, जर्जिया सोभियत संघको अन्तर्गत रहेको बेलाको दस्तावेजहरुबाट प्राप्त प्रमाणको आधारमा श्रीमती अन्टिसा ख्वीचाभाको जन्म सन् १८८०मा नै भएको भनेर पुष्टि गरेका छन् । श्रीमती ख्वीचाभा अनुसार उनले जीवनभरि सधैं स्वास्थ्य रहेर काम गर्दै आएकी कुरा जनाउँछिन् । उनी ८५ वर्षीय उमेरमा सन् १९६५ सालमा मकै टिप्ने कामबाट सेवानिवृत्त भएकी थिईन् । श्रीमति ख्वीचाभाको एक जना ७० वर्षीय छोरा, १२ जना नाति नातिनीहरु र ६ जना पनाति पनातिनीहरु छन् । उनको ७० वर्षीय छोरा उनको ६० वर्षको उमेरमा जन्मिएको भनेर प्रकाश पारेका छन् । श्रीमती ख्वीचाभाको पहिलेको पतिबाट दुर्इजना बच्चाहरु जन्मेका थिए, तर, ती बच्चाहरु दोश्रो विश्वयुद्धताका भोकमरीको कारणबाट मृत्यु भएको कुरा श्रीमती ख्वीचाभाले बताएकी छिन् । -सुमल, मेस