भारतमा अफ्रिकाभन्दा बढी गरीब

भारतमा अफ्रिकाभन्दा बढी गरीब


लण्डन । विश्वमा खाद्य संकट साथै गरीबीको संख्या बृद्धि भइरहेको अवस्थालाई मध्येनजर गरेर एमपीआईले हालै प्रस्तुत गरेको प्रतिवेदनमा भारतका आठवटा राज्यहरुका मानिसहरु र अफ्रिकाका सबैभन्दा गरीब २६ वटा मुलुकहरुका संयुक्त तथ्यांकलाई अनुसन्धान गर्दा ती देशहरुमा रहेका मानिसहरुभन्दा भारतका मानिसहरु गरीब रहेको कुरा प्रकाश पारेका छन् । भारतका बिहार, उत्तरप्रदेश र पश्चिम बंगालमा चार करोड एक्काइस लाख जनता गरीब रहेको अध्ययनबाट प्राप्त भएको छ । यो तथ्यांक अफ्रिकाका सबैभन्दा गरीब देशहरुमा बसोबास गर्ने चार करोड दशलाख गरीब जनताभन्दा बढी रहेको संख्या हुन आएको छ । एमपीआईमार्फत संचालित यो कार्यक्रम राष्ट्रसंघको सहयोगमा विकास गरिएको अक्सफोर्ड पोभर्टी एण्ड ह्युम्यान डिभलपमेन्ट (ओपीएचडी)अन्तर्गत आउँछ र यो प्रतिवेदनमा देखाइएको तथ्यांकलाई ओपीएचडीले राष्ट्रसंघमा आगामी प्रतिवेदनमा प्रस्तुत गर्दै छ । गरीबीको मूल्याङ्कन गर्ने प्रक्रियामा प्रत्येक घरको शिक्षा, स्वास्थ्य, सम्पति तथा उनीहरुले गर्ने कामहरुको विवरण समावेश गरिन्छ । ओपीएचडीकी निर्देशिका डाक्टर सबिना अलकिरे भन्छिन्, -“एमपीआईको बारेमा भन्नुपर्दा यो एउटा उच्च रिजोल्यु्शन भएको क्यामेराको लेन्स जस्तो हो जसले गरीबीमा जुझेका प्रत्येक घरको हालतलाई छर्लङ्ग पार्दछ ।”
श्रोत-नेट, सुमल, मेस