ट्याक्टरले किचेर एकको मृत्यु

ट्याक्टरले किचेर एकको मृत्यु


भरतपुर महानगरपालिका–२६ खयरघारीमा ट्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गैँडाकोटका ५५ वर्षीय खागिराम रानामगर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रहरीका अनुसार गएराति राति ११ बजे ना.७त ४७० नम्बरको ट्याक्टरमा धान लोड गरेर ल्याउने क्रममा ट्याक्टरबाट खस्दा रानामगरलाई पछाडिको चक्काले किचेको थियो ।

उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।