तराईवासीहरू ठगिएकै हुन् त ?-डा. डिल्ली ओली

तराईवासीहरू ठगिएकै हुन् त ?-डा. डिल्ली ओली


वर्तमान नेपालमा एकथरी मानिस हामीलाई हिमाल र पहाडले शोषण गरेको छ, तराई शोषित, पीडित, उपेक्षित छ भनेर कोकोहोलो मच्चाइरहेका छन् । तिमध्ये केही केही पहिले पुस १ गते जिल्लामा जाँचबुझ समितिमार्फत भाषण गर्न जानेहरूले महेन्द्रीय राष्ट्रवाद भनिरहेका छन् । मूलतः तराईका मूलबासिन्दा थारू, राजवंशी, कोचे, मेचे, सतार, मैथिली, ब्राह्मण र केही यादव हुन् । वर्तमानमा आफूलाई तराईका आदिवासी भन्ने नवागन्तुकभन्दा त्यहाँ पहाडिया खस मानिनेहरू पुराना बासिन्दा हुन् । तराईका मुख्य-मुख्य बजार र केन्द्रहरू टोपी, दौरा, सुरुवाल लगाउनेहरूले नै स्थापना र विस्तार गरेका हुन् । वर्तमानमा पनि खसहरूको त्यहाँ उल्लेख्य उपस्थिति छ । नेपाल हिमाल, पहाड र तराईले बनेको मुलुक हो । तर, तराईका केही नेताजीहरू आफूलाई नेपाली भन्दैनन् । उनीहरू आफूहरूलाई तराई वा मधेसको भन्दछन् । उनीहरूका पार्टीहरू पनि तराई वा मधेसकेन्द्रित मात्रै छन् । अब तराई वा मधेसको स्थिति नेपालमा अन्य भागको तुलनामा कस्तो छ त्यो हेरौँ- तराई समथरभूमि भएको, प्रशस्त खेतीयोग्य भूमि भएको, वर्षमा तीनबाली अन्न उत्पादन हुने ठाउँ, सिँचाइ सुविधा, पानीको प्रचुरता, जङ्गल भएको ठाउँ हो । यहाँको जीवनपद्धति तुलनात्मक रूपमा सरल छ । अन्य क्षेत्रको तुलनामा त्यहाँ डाक्टर, इन्जिनियरलगायत प्राविधिक क्षेत्रहरूमा जनशक्ति बढी छ । हिमाल, पहाडका विद्यालय, प्लस टुमा उनीहरूको उपस्थिति बढी छ । वन, कृषि, मालपोत, नापी आदि धन्दा बढी हुने ठाउँमा उनीहरूकै बाहुल्य छ । हुँदाहुँदा माथि सिंहदरबारमा कमाउ मन्त्रालय पनि उनीहरूसँगै बढी हुन्छ । आपूर्ति मन्त्रालय धेरैजसो उनीहरूकै हुन्छ । हिमाल, पहाडको राजस्व खाएर पुस्ता सुधार्ने अभियानमा उनीहरू नै सक्रिय छन् । तर, आफूलाई हिमाल पहाडको नेता, मन्त्री मान्दैनन् । उनीहरू टोपी, दौरा, सुरुवालले शोषण गर्‍यो भन्छन् । तर, धोतीबाट गोप्य अङ्ग उनीहरूले नै प्रदर्शन गरिरहेका छन् । तराईमा उपेक्षित, शोषित, पीडित वर्गहरू पनि छन् । सीमान्तकृत छन् । राज्यमा उनीहरूको पहुँच पनि छैन तर त्यहाँ टोपी, दौरा, सुरुवालले गएर शोषण गरेको होइन । धरातलीय यथार्थ हर्ेर्ने हो भने तराईमा बाहिरका मानिसहरूबाट शोषण नभई त्यहीँका जमिनदार, नेता, नोकरशाह, पुँजीपति, जाली फटाहा, कथित माथिल्लो जात, अभिजात्य वर्ग, त्यहीँकै आपराधिक समूहमा संलग्नहरूबाट भएको छ । त्यहाँ प्रचण्ड, बाबुराम, झलनाथ, शेरबहादुर, सूर्यबहादुर, लोकेन्द्रबहादुर आदिले मध्यकालीन शैली अपनाएका छैनन् । दौरा, सुरुवाल, टोपीले तराईलाई हिमाल र पहाडजस्तै मान्छन् । बाबुराम भट्टराईको नीतिविपरीत तराईकै गच्छदारहरूले तुजुक देखाउन सुरु गरिसके । तथ्याङ्कअनुसार विभिन्न अभियोगमा त्यहीँकै राजनीतिज्ञ, अगुवाहरू अगाडि छन् । पासपोर्ट काण्डमा त्यहीँकै बढी सक्रिय छन् । तराईमा हुने विभिन्न आपराधिक गतिविधिमा टोपी, दौरा, सुरुवाल र महेन्द्रीय राष्ट्रवाद संलग्न छैन । यस्ता विषयमा गोरखपुरतिर बसोबास गर्नेहरू अरूभन्दा चर्को बोल्छन् । भारतीय दूतावासको कोटा उनीहरूकै हकभित्र पर्दछ । त्यसैले तराईका नेताजीहरू कम्बल ओडेर घ्यू खान बन्द गर्दा हुन्छ अथवा स्याल आयो, स्याल आयो भनेर चल्ला खान बन्द गरे हुन्छ । किनभने यहाँ सबैको हिसाबकिताब सबैसँग छ । यो कम्प्युटर र फेसबुकको युग हो । संसार अत्यन्त साँघुरो भइसकेको छ ।
नेपालको नेता हुने, हिमाल, पहाडको राजस्व खाएर प्राडोमा चढ्ने र आफूलाई टोपी, दौरा, सुरुवालले शोषण गरेको भन्नेहरूले हिमाल, पहाड अझ कर्णालीको तस्बिर एकपटक हेर्दा हुन्छ । साधन-स्रोत छ एकपटक कर्णालीमा गएर त्यहाँका टोपी लगाउने, बाहुन, क्षेत्री, ठकुरी आदि माथिल्लो दर्जाका खस मानिनेहरूको स्थिति बुझन गए हुन्छ । हिमाल-पहाडका राजनीतिकर्मीहरूले छुट्टै जातीय, क्षेत्रीय, वर्गीय पार्टी खोलेका छैनन् । न त यहाँ नेपालको सबभन्दा उपेक्षित क्षेत्र कर्णालीको कर्णाली पार्टी नै छ । हिमाल, पहाडले तराईलाई हिमाल-पहाडजत्तिकै माया गर्छ । नेपालको हिमाल-पहाड धेरै हदसम्म तराईमा नै निर्भर छ । टोपी लगाउने, खस भनिरहेको जीवनपद्धति अत्यन्त कष्टकर छ । एक गाग्री पानी ल्याउन तीन घन्टासम्म लाग्ने ठाउँहरू पनि छन् । स्वास्थ्य केन्द्रको कुरै छोडौँ जीवनजल नपाएर वर्षोनी झाडा-पखालाको आक्रान्तमा यहाँका मानिसहरू पर्ने गर्दछन् । खेतीयोग्य जमिन छैन । जति छ वर्षमा एकबाली मात्रै हुने ठाउँहरू प्रसस्त छन् । दसैँमा टीकाका लगाउनलाई एकमाना चामल ढुङ्ग्रोमा राखेर परम्परा धान्नेहरू पनि छन् । मानिसले चामल पाउनु त ठूलो शौभाग्य मानिन्छ । विकट भूबनोटको कारणले दैनिक जीवन त्यत्तिकै कष्टकर छ । कर्णालीका टोपी लगाउने, खस भनिनेको जीवनस्तर तराईका मुसहरको भन्दा कमजोर छ । शिक्षाको स्थिति त्यत्तिकै दयनीय छ । हिमालबाट प्रतिनिधित्व गर्ने राजनीतिकर्मीहरूको खासा, मानसरोवर क्षेत्र, यारी, सिकारजोङ आदिमा बन्दोबस्त पनि छैन । हिमाल, पहाडका मानिसको ठूलो स्वर पनि छैन ।
त्यसैले सिंहदरबारमा बसेर, प्राडो चढेर सीमापारि बन्दोबस्त गरेर देशको राजस्वमाथि तर मार्ने नेताजीहरू यस्ता दर्ुभावना पालेर बस्न सुहाँदैन । तराई, पहाड, हिमाल गरेर यहाँका जङ्गल मासिँदा पहाडलाई पोल्छ । सीमा अतिक्रमण हुँदा तराईवासीलाई केही फरक पर्दैन तर पहाडीयाहरू चिन्तित हुन्छन् । टोपी नेपालीलाई जति प्यारो छ धोती पनि त्यत्तिकै प्यारो छ । पहाडका खस भनिने टोपीवाला बाहुन, क्षेत्रीले पूजापाठ गर्दा श्राद्ध वा अन्य संस्कार गर्दा धोती लगाउनैपर्छ । त्यसैले कथित तराईका नेताभन्दा खस भनिनेहरू वा महेन्द्रीय राष्ट्रवादीहरूलाई धोतीको कम माया र सम्मान छैन । अग्राधिकार खोज्ने तराईलाई स्वायत बनाउन खोज्ने नवागन्तुकहरू नेपाली होइनन् । किनभने नेपाल भनेकै हिमाल, पहाड र तराई हो । तराईप्रतिको माया नवागन्तुकभन्दा थारूहरूमा अतुलनीय रूपमा बढी छ । थारूहरूको द्यष्यमा तराई छ । तर, थारूहरूमा यस्ता नौटङ्कीको अंश पनि छैन । त्यसैले माथि भनिएझैं कम्बल ओडेर घ्यू खान र स्यालको हौवा खडा गरेर चल्ला चोर्न बन्द गरौँ । नेपाल सबैको साझा हो । अकुत सम्पत्ति आर्जन, आफ्ना मान्छे भर्ती, नातेदारहरूको पोषण, नेपाली राजस्व बाहिर लगानी गर्न बन्द गरौँ । यसैमा सबैको कल्याण छ । नत्र समयले कसैलाई छोड्ने छैन ।