भेडेटारमा ६ सय ५० मिटर लामो जिपलाइन सञ्चालन

भेडेटारमा ६ सय ५० मिटर लामो जिपलाइन सञ्चालन


भेडेटारमा जिपलाइन सुरु भएको छ । उक्त जिपलाइनको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उदघाटन गरेका हुन् । जिपलाइनको उदघाटन गर्दै मुख्यमन्त्री राईले प्रदेशमा पर्यटन उद्योगको क्षेत्रमा नयाँ साहसिक खेल भित्रिएको भन्दै खुसी व्यक्त गरे ।

मुख्यमन्त्री राईले निजीक्षेत्रले पर्यटन क्षेत्रमा लगानी गर्ने क्रम बढेको भन्दै सो अवसरमा प्रशंसासमेत गरेका थिए । उनले प्रदेश १ का डाँडाकाँडा तथा विकट स्थानसमेत यस्ता साहसिक खेलको माध्यमबाट पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ना सकिने बताए ।

कार्यक्रममा धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारीले जिपलाइनमा खेलिसकेपछि धरानको साहसिक पर्यटनमा यसले ठूलो मद्दत पुग्ने बताइन् ।

करिब सात महिनाअघिदेखि वर्ल्डवाइडग्रुप नेपाल प्रालि निर्माण सुरु गरी सञ्चालनमा ल्याएको उक्त जिपलाइन धरान–४ स्थित भेडेटार बजारदेखि देवीथान डाँडासम्म ६ सय ५० मिटर लामो छ ।