छुरा प्रहार गरी बाबुले गरे छोराको हत्या

छुरा प्रहार गरी बाबुले गरे छोराको हत्या


कञ्चनपुरमा बाबुले छुरा प्रहार गरी छोराको हत्या गरेका छन् । भीमदत्त नगरपालिका–२ उल्टाखामका डम्बर चन्दले बुधबार साँझ १४ वर्षीय छोरा सुवर्ण चन्दको छुरा प्रहार गरी हत्या गरेका हुन् ।

बाबु डम्बरले बुधबार साँझ छोरा सुवर्णलाई घरमै छुरा प्रहार गरी घाइते बनाएका थिए । घाइते छोरालाई उपचारका लागि महाकाली अस्पताल ल्याउने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बालकको शव अस्पतालमै रहेको र बाबुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । छोरामाथि के कारण बाबुले छुरा प्रहार गरे भन्ने कुरा खुलिसकेको छैन । प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको जनाएको छ ।