जग्गा बैना गर्न बोलाएर नौ लाख लुटियो

जग्गा बैना गर्न बोलाएर नौ लाख लुटियो


पूर्वी चितवनको खैरहनी नगरपालिकामा शुक्रबार दुईजनाको रु नौ लाख लुटिएको छ । गुल्मीको सत्यवर्ती गाउँपालिका– ६ का ३१ वर्षीय नारायण घर्ती र ३० वर्षीय पदम घर्ती लुटिएका हुन् ।

उनीहरूलाई खैरहनी नगरपालिकामा जग्गा खरिद गरिदिने भन्दै अनिल राई नामका व्यक्तिले बोलाएको र उनैले पैसा लुटेको पीडितले जनाएका छन् ।

राईले जग्गा बैना गर्ने भनी मालपोत कार्यालय बोलाएको र पछि फेरि मगनी चोकबाट दुई सय मिटरभित्र बोलाएर लुटेको प्रहरीले जनाएको छ । राससका अनुसार राईले पैसा भएको झोला लिएर मोटरसाइकलमा भागेको प्रहरीले जानकारी दिएको छ । उनको खोजीकार्य भइरहेको छ ।