प्रधानमन्त्री ओलीद्वारा राष्ट्रपतिसँग भेटघाट, राजनीतिक वृत्त तरङ्गित

प्रधानमन्त्री ओलीद्वारा राष्ट्रपतिसँग भेटघाट, राजनीतिक वृत्त तरङ्गित


राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार (८ वैशाख) साँझ नियमित भेटघाट गर्नुभएको छ । राष्ट्रपति र प्रधानमन्त्रीबीच राष्ट्रपति कार्यालय शीलतनिवासमा नियमित भेटघाट भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सचिवालयको बैठकमा मन्त्रिपरिषद्ले गरेका निर्णयबारे जानकारी गराएर प्रधानमन्त्री ओली राष्ट्रपति कार्यालय जानुभएको हो ।

सोमबार मन्त्रिपरिषद् बैठकले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७७ पारित गरेको र सोमबार नै राष्ट्रपतिबाट अध्यादेश स्वीकृत गरिएपछि राजनीतिक वृत्तमा व्यापक तरङ्ग पैदा भएको छ । प्रधानमन्त्रीबाट राष्ट्रपतिसँग गरिएको भेटलाई पनि विश्लेषकहरुले अर्थपूर्ण रुपमा लिएका छन् ।

एकाएक गर्माउन पुगेको राजनीतिक परिवेशले मुलुकमा महत्वपूर्ण फेरबदल ल्याउन सक्ने आँकलनसमेत गर्न थालिएको छ ।

file picture

यो पनि हेर्नुहोस्-
विवाद चर्काउन खोज्दाखोज्दै राष्ट्रपतिबाट अध्यादेश जारी भएको खबर आएपछि…