■ अनन्तश्री राजगुरु/जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग :
प्रमादीनाम संवत्सर श्रीशाके १९४२ वसन्त ऋतु नेपाल सं. ११४०, वि.सं. २०७७ वैशाख १० गते तद्अनुसार सन् २०२० अप्रिल २२ तारिख बुधबार वैशाख कृष्णपक्ष चतुर्दशी तिथि ५ः४१ पर अमावश्या तिथि रेवती नक्षत्र १३ः२९ पर अश्विनी नक्षत्र विषकुम्भ योग चतुष्पाद करण आनन्दादिमा उत्पात योग चन्द्रमा मीन राशिमा १३ः२९ बजेसम्म त्यसपछि मेष राशिमा भ्रमणशील रहला । काठमाडौंमा सूर्योदय बिहान ५ः३४ मा भयो र सूर्यास्त साँझ १८ः३२ बजेमा हुनेछ । दर्शश्राद्धम्, निशि बार्ने ।
आजको राशिफल :
मेष – सुख समृद्धि बढ्ला । साझेदारीको काम बन्नेछ । मिठो भोजन मिल्नेछ । आयस्रोत बढ्ला । भाग्योदय कारक काम बन्नेछ । विकासको नयाँ सम्भावना देखापर्ला । आयात–निर्यातसित सम्बन्धित कार्यमा सफलता मिल्नेछ । लेखन–प्रकाशनसित सम्बन्धित काम बन्नेछ । आशा उत्साह बढ्ला । सुख सुविधा बढ्नेछ । इष्टमित्रको सहयोग समर्थन मिल्नेछ ।
बृष – ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य धन यश मान महत्व बढ्ला । उन्नति–पदोन्नति हुनेछ । गौरव वृद्धि होला । आफन्तको सहयोग मिल्नेछ ।
मिथुन – दिन शुभ र भाग्यवर्द्धक सावित हुनेछ । मिठो भोजन मिल्ला । आरोग्यता बढ्ला । रसरागमा आकर्षण बढ्नेछ । प्रेममा सफलता मिल्नेछ । इष्टमित्र सुख सन्तति बढ्नेछन् । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।
कर्कट – खेलकूद भ्रमणमा आकर्षण बढ्नेछ । हासविलासमा रुचि बढ्ला । योजना र बजेट बनाई काम गर्नु उचित रहला । देखापरेको समस्याको समाधान खोज्नुहुनेछ । विवादमा पर्नु र अरुको भरमा बस्नु उचित हुनेछैन ।
सिंह – दिन लाभदायक र उन्नतिकारक रहला । धन मान सुख समृद्धि बढ्नेछ । यात्रापरक काम बन्ला । लेखन प्रकाशनसित सम्बन्धित काम बन्नेछ । साथीभाइको साथ प्राप्त होला ।
कन्या – मनोकूलको काम बन्नेछ । आर्थिक क्षेत्रसित कार्यमा सफलता मिल्नेछ । पारिवारिक पक्षसित सम्बन्धित काम बन्नेछ । यश वर्चश्व बढ्ला । सुख शान्ति मिल्नेछ ।
तुला – यात्रामा सफलता मिल्नेछ । धर्मकर्ममा आकर्षण बढ्नेछ । ख्याति फैलिनेछ । सुख शान्ति मिल्ला । उन्नति पदोन्नति हुनेछ । आरोग्यता बढ्ला । मिठो भोजन मिल्नेछ । आनन्दित रहनुहुनेछ ।
वृश्चिक – दिन मिश्रित फलदायक रहला । खेलकूद भ्रमणमा आकर्षण बढ्नेछ । भुलचुकप्रति सचेत रहनुपर्नेछ । हांसविलासमा रुचि बढ्नेछ । खर्च र लगानी बढ्ला । योजना र बजेट बनाई कार्य गर्नु हितकर रहला । नियमकानूनलाई उपेक्षा गर्नु उचित हुनेछैन । जोखिममा नपर्नु बेस रहला ।
धनु – सुख समृद्धि मान यश महत्व बढ्ला । मिठो भोजन मिल्नेछ । अन्न धन बढ्नेछ । आयस्रोत बढ्ला । रोकिएको काम बन्नुसँगै लगानी लगाइएको धन उठ्ला । साझेदारीको काम बन्नेछ । जीवनसाथीको पनि सहयोग समर्थन मिल्नेछ ।
मकर – आरोग्यता बढ्ला । मनोकूलको काम बन्नेछ । आफन्तको सहयोग मिल्नेछ । आर्थिक प्रगति पनि हुनेछ । मान महत्व बढ्नेछ । विजयश्री मिल्नेछ । राजकीय कार्य बन्ला ।
कुम्भ – शुभ र भाग्यवर्द्धक काम बन्नेछ । सन्तान सुख मिल्नेछ । यात्रा होला । धर्म कर्ममा रुचि बढ्ला । ख्याति फैलिनेछ । इष्टमित्रको सहयोग मिल्नेछ । बौद्धिक र रचनात्मक काम बन्नेछ ।
मीन – धनसम्पति बढ्ला । उन्नति–पदोन्नति हुनेछ । आशा उत्साह बढ्ला । यात्रापरक काम बन्नेछ । सुख शान्ति समृद्धि बढ्नेछ ।
प्रतिक्रिया