एमसीसीमा कुरा नमिल्दा बैठक स्थगित

एमसीसीमा कुरा नमिल्दा बैठक स्थगित


अमेरिकी विकास सहयोग परियोजना (एमसीसी)बारे अहम् निर्णय लिने एजेण्डाका साथ आज बस्ने भनिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक एकाएक स्थगित भएको जनाइएको छ । मंगलबार (२७ जेठ) अपरान्ह ४ बजे बस्ने गरी तय भएको बैठक स्थगित भएको सो पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

प्रवक्ता श्रेष्ठले बैठक स्थगित हुनुको कारण खुलाएका छैनन्, न त अब बैठक कहिले बस्छ भन्ने नै तय गरिएको छ । संसदको कार्यसूची लम्बिएका कारण पार्टी बैठक स्थगित गरिएको हुन सक्ने नेकपाका कतिपय नेताले जनाए पनि एमसीसी सम्बन्धमा पार्टीको उच्च तहमै विवाद रहेको र विवाद नसुल्झिएका कारण बैठक बस्न नसकेको अनुमान गरिएको छ ।

यो पनि हेर्नुहोस्-

एमसीसी पास गर्न हतारियो सरकार, नेकपाको सचिवालय बैठक बस्दै

नेकपाका नेताहरूलाई देउवाको धम्की !