रौतहटमा मन्दिरका पुजारीको गोली हानी हत्या

रौतहटमा मन्दिरका पुजारीको गोली हानी हत्या


आरके श्रीवास्तव, रौतहट

रौतहटमा मन्दिरका पुजारीको गोली हानी हत्या गरिएको छ ।

बुधबार (३ भदौ) राातको सवा ९ बजे माधवनारायण नगरपालिका वडा नं २ खेसारहिया हनुमान मन्दिरका पुजारी श्रीराम साहको कन्चटमा गोली हानी हत्या गरिएको हो ।

हतियारसहित आएका अज्ञात व्यक्तिको समूहले खाना खाइरहेका पुजारी साहलाई गोली हानी फरार भएका बुझिएको छ ।

अज्ञात समूहको गोली प्रहारबाट पुजारी साहको घटनास्थलमै मृत्यु भएको छ ।

घटनस्थलमा इलाका प्रहरी कार्यालय गरुडाका टोली पुगेर अनुसन्धान गरिरहेका छन् ।

गोली कसले र किन चलाएको भने कुरा खुल्न सकेको छैन ।

यस सम्बन्धमा विस्तृत विवरण आउन बाँकी नै छ ।