कोरोनाका कारण भरतपुर अस्पतालमा थप एक सङ्क्रमितको मृत्यु

कोरोनाका कारण भरतपुर अस्पतालमा थप एक सङ्क्रमितको मृत्यु


चितवनस्थित भरतपुर अस्पतालमा उपचाररत एक जना कोभिड–१९ बाट पीडित व्यक्तिको मृत्यु भएको छ ।

रत्ननगर नगरपालिका वडा नं. १३ का ६५ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको अस्पतालले जनाएको छ । सो अस्पतालले जारी गरेको सूचनामा विगत ६ दिनदेखि कोभिड–१९ सङ्क्रमण भइ अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचाररत ती पुरुषको बिहिबार मृत्यु भएको हो ।

मृतक पुरुष दीर्घरोगी रहेको र उनलाई क्षयरोग, खुट्टा नचल्ने, मृगौलासम्बन्धी समस्या रहेको अस्पतालका कोभिड–१९ क्लिनिकल संयोजक डा प्रमोद पौडेलले जानकारी दिए। ।

यससँगै कोरोना सङ्क्रमणका कारण हालसम्म भरतपुर अस्पतालमा तीन जनाको मृत्यु भएको छ । अर्का एक जनाको पूर्वी चितवनमा मृत्यु भएको थियो ।

चितवनमा कोरोना सङ्क्रमित हुनेको सङ्ख्या बढ्दै गएको छ ।