नेपालमा कुल ३१,११७ जना संक्रमित, कोरोनाका कारण १४६ जनाको मृत्यु

नेपालमा कुल ३१,११७ जना संक्रमित, कोरोनाका कारण १४६ जनाको मृत्यु


नेपालमा थप ६ सय ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार (६ भदौ) नेपालमा कोरोना संक्रमितको संख्या ३१ हजार १ सय १७ पुगेको जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा थप नौ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । सुनसरीमा ६ वर्षीया बालिका र ६७ वर्षीय पुरुषसहित दुई जना, पर्सामा ६१, ५८ र ४८ वर्षीय पुरुष गरी तीन जना, बारामा ५८ वर्षीय पुरुष, सिरहामा ६८ वर्षीय पुरुष, मकवानपुरमा ५६ वर्षीय पुरुष र भक्तपुरमा ७३ वर्षीय पुरुषको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको हो।

यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १४६ पुगेको छ ।

नियमित प्रेस ब्रिफ्रिङका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शनिबार १३६ जना कोरोना संक्रमित डिस्चार्ज भएको जानकारी दिए । यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या १८ हजार ३ सय ५० पुगेको छ भने पछिल्लो २४ घण्टामा १२ हजार ५ सय १९ जनाको पीसीआर परीक्षण गरिएको छ।