माधव नेपालका सुरक्षाकर्मीलाई कोरोना सङ्क्रमण

माधव नेपालका सुरक्षाकर्मीलाई कोरोना सङ्क्रमण


नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालको सुरक्षामा खटिएका नौ जना सुरक्षाकर्मीलाई कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।

पिसीआर परीक्षण गराउँदा एक जना निजी सुरक्षाकर्मी (पिएसओ) र अन्य घर र गाडीको पछुवामा खटिएका आठ जनामा सङ्क्रमण देखिएको नेता नेपालका स्वकीय सचिव मोहन गौतमले जानाकारी दिएका छन् ।

बताइएअनुसार वरिष्ठ नेता नेपालले पनि ती सुरक्षाकर्मीसँगै पिसीआर परीक्षण गराएका थिए, तर उनमा सङ्क्रमण देखिएन । संक्रमित सबैको शुक्रबार रिपोर्ट आएको हो । सङ्क्रमण देखिएपछि सुरक्षाकर्मीहरु आइसोलेसनमा छन् ।