कोभिड-१९ का कारण नेपालमा हालसम्म १४९ जनाको ज्यान गयो

कोभिड-१९ का कारण नेपालमा हालसम्म १४९ जनाको ज्यान गयो


नेपालमा कोरोना संक्रमितको संख्या बढ्ने क्रम जारी नै छ । पछिल्लो २४ घन्टामा देशका विभिन्न स्थानमा थप ८ सय १८ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ८१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको र यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३१,९३५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए । मन्त्रालयको नियमित प्रेस ब्रिफ्रिङका क्रममा उनले पछिल्लो २४ घण्टामा २ सय ८१ जना डिस्चार्ज भएको र यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या १८ हजार ६ सय ३१ पुगेको बताए ।

मन्त्रालयका अनुसार हाल देशभर १३ हजार १ सय ५५ सक्रिय संक्रमित रहेका छन् भने ११ हजार ४ सय १४ जना क्वारेन्टिनमा रहेका छन ।

संक्रमितमध्ये १८ हजार ६ सय ३१ जना उपचारपछि घर फर्किएका छन् भने १ सय ४९ जनाको ज्यान गएको छ ।