नेपालमा कुल संक्रमित संख्या ३३,५३३, मृतक संख्या १६४

नेपालमा कुल संक्रमित संख्या ३३,५३३, मृतक संख्या १६४


पछिल्लो २४ घण्टामा नेपालमा थप ८५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै कोरोना संक्रमितको कुल संख्या ३३ हजार ५ सय ३३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ३१३ जना कोरोना संक्रमित डिस्चार्ज भएको जानकारी दिए । पछिल्लो २४ घण्टामा देशभार ११ हजार ३ सय २७ जनाको पीसीआर परीक्षण गरिएको उनको भनाई छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र थप २३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताइएको छ। बताइएअनुसार काठमाडौंमा १९९, ललितपुरमा १९, भक्तपुरमा १४, उदयपुरका १, ओखलढुङ्गाका १, खोटाङका १, झापाका ५, मोरङका ४३, सुनसरीका १६, सोलुखुम्बुका २, धनुषाका ४२, पर्साका ४, बाराका १७, महोत्तरीका १७, रौतहटका ४४, सप्तरीका ३, सर्लाहीका ५८, सिरहाका ३, काभ्रेका ५, चितवनका ३७, दोलखाका ३, धादिङका ८, नुवाकोटका १, मकवानपुरका २, रामेछापका १, सिन्धुपाल्चोकका २ र कास्कीका १३ जनामा कोरोना पुष्टि भएको छ।

यस्तै, गोरखाका २, तनहुँका ६, नवलपरासीका ४, पर्वतका २, लमजुङका १, बागलुङका १, अर्घाखाँचीका १, कपिलवस्तुका २३, गुल्मीका २, दाङका १८, नवलपरासीका ८, पाल्पाका ४, प्यूठानका ४, बर्दियाका ६, बाँकेका १५, रुपन्देहीका ६९, रोल्पाका ३, कालिकोटका ५, जुम्लाका १, दैलेखका ४, मुगुका १, सल्यानका ४, सुर्खेतका ५, अछामका १९, कञ्चनपुरका १२, कैलालीका १६, डडेल्धुराका २, डोटीका ४५, बझाङका ९ तथा बैतडीका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै, मंगलबार साँझसम्म कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या १६४ पुगेको छ । मन्त्रालयका प्रवक्ता गौतमले पछिल्लो २४ घण्टामा थप सात जनाको मृत्यु भएसँगै मृतकको संख्या १६४ पुगेको जानकारी दिए । उनका अनुसार एक महिला र ६ पुरुष गरेर सात जनाको मृत्यु भएको हो । काठमाडौंकी ७१ वर्षीया महिला, काठमाडौंकै ७४ र ६६ वर्षीय पुरुषको मृत्यु भएको छ भने सिरहाका २२, पर्साका ६८, धनुषाका ७६ वर्षीय, रुपन्देहीका ५६ वर्षीय पुरुषको पनि कोरोनाको उपचारका क्रममा मृत्यु भएको प्रवक्ता गौतमले बताए ।