दुर्घटनामा पऱ्यो शव बोकेको एम्बुलेन्स !

दुर्घटनामा पऱ्यो शव बोकेको एम्बुलेन्स !


एस. क्षेत्री, कपिलवस्तु

शव बोकेको एम्बुलेन्स कपिलवस्तुको पुर्व–पश्चिम राजमार्गअन्तर्गत वाणगंगा ७ मध्य वनगाईमा बुधबार (१० भदौ) बिहान साढे चार बजेको समयमा दुर्घटना भएको छ ।

नेपाल परोपकार फाउण्डेसन बाँकेको भे. १ च २८९८ नम्बरको एम्बुलेन्स काठमाडौं टिचिङ्ग अस्पतालबाट शव लिएर दाङ जाँदै गरेको गरेको अवस्थामा दुर्घटनामा परेको इलाका प्रहरी प्रहरी कार्यालय पिपराले जनाएको छ ।

लामो दुरीका कारण चालक निदाउँदा र एम्बुलेन्सको गति पनि तीव्र रहेकोले सो दुर्घटना भएको प्रहरीले जनाएको छ । एम्बुलेन्सले विद्युत पोलमा ठक्कर खाएको थियो भने विद्युतको पोल एम्बुलेन्समाथि खस्दा समेत कुनै मानवीय क्षति नभएको पिपरा प्रहरी कार्यालयका प्रहरी निरीक्षक आयुष जोशीले जानकारी दिनुभयो ।

मृगौला फेल भएर मृत्यु भएको एक व्यक्तिको शव लिएर उक्त एम्बुलेन्स दाङतर्फ जाँदै गरेको अवस्थामा मध्य वनगाईमा दुर्घटना परेपछि प्रत्यक्षदर्शी स्थानीय भक्तिरामले प्रहरी र स्थानीयलाई खबर गरेका थिए ।

एम्बुलेन्स माथि र वरिपरी बिद्युतका तारले जेलीएको हुदा विद्युत काटिए पछि मात्र एम्वुलेन्सबाट चालक र लाशलाई वाहिर निकालिएको हो । चालक लाई भने कुनै चोट पटक समेत नलागेको र एम्बुलेन्समा सामान्य क्षति भएको छ ।