नेपालमा कोरोना संक्रमितको कुल संख्या ३४ हजार ४१८ पुगेको छ । बुधबार थप ८ सय ८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि कुल संख्या करिव साढे चौतिस हजार पुगेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार बुधबार ३ सय ८५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् भने हालसम्म डिस्चार्ज हुनेको संख्या १९ हजार ५ सय ४ पुगेको छ।
उता बाँकेमा बुधबार ७३ जनामा कोरोना संक्रमण देखिएको छ । तीमध्ये ५१ जना नेपाली सेनाका रहेका बताइएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अधिकृत तथा कोरोनाका नरेश श्रेष्ठका अनुसार नेपालगञ्जमा २२ जना र कोहलपुरमा ५१ जनामा कोरोना संक्रमण देखिएको हो । कोहलपुरमा कोरोना देखिएका ५१ जना कौशिलानगर ब्यारेकका नेपाली सेना भएका उनले बताए ।
सेनाका अलावा नेपाल टेलिकमका कर्मचारी र केही बैंकर्स रहेका बताइएको छ । बाँकेमा कोरोना संक्रमितको संख्या ९ सय १६ जना पुगेको छ।
प्रतिक्रिया