नेपालमा कुल संक्रमित संख्या ३७ हजार ३ सय ४०

नेपालमा कुल संक्रमित संख्या ३७ हजार ३ सय ४०


नेपालमा कोरोना संक्रमितको कुल संख्या ३७ हजार ३ सय ४० पुगेको छ। शनिबार थप ८ सय ८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि संक्रमित संख्या ३७ हजार नाघेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङका क्रममा जनाइएअनुसार काठमाडौ उपत्यकामा पछिल्लो २४ घन्टामा १८६ जना नयाँ संक्रमित भेटिएका छन्।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएअनुसार काठमाडौंमा १५५, भक्तपुरमा १२ र ललितपुरमा १९ गरी जम्मा १८६ जना नयाँ संक्रमित भेटिएका हुन्।

शनिबार ३१३ जना कोरोना संक्रमित डिस्चार्ज भएका र यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २० जार ५ सय ५५ पुगेको बताइएको छ।

पछिल्लो २४ घण्टामा ११ हजार ५ सय १६ पीसीआर परीक्षण गरिएको पनि मन्त्रालयले जनाएको छ । बताइएअनुसार हालसम्म ६ लाख ६९ हजार ६२६ पीसीआर परीक्षण भएको छ भने हाल सक्रिय संक्रमित १६ हजार ५ सय ७८ र क्वारेन्टिनमा ८ हजार ३५ जना रहेका छन् ।