चिप्लेटीको ओरालोमा

चिप्लेटीको ओरालोमा


■ ई. गणेशराज वस्ती

दायाँतिर उम्रुङ्ग छ त बायाँ ठोटनेरि !
दौडिएर पुग्थ्यौं हामी लब्सि बोट नेरि !!
तलझरि तेर्सो लागि कटि सानो बन !

भोकलाग्दा यस्तै चिज न हो हाम्रो पेट भरने !!
नियालि हेर्दा दुई चार दाना लब्सि भेटाइने !
यसै यसै गरि त्यस बेलामा भोक मेटाइने !!

लब्सि चपाउँदै लखरलखर झरने हामी त्यो बाटो !
ख्याल गर है टुकलाल दाजु रातो छ यहाँको माटो !!

केही तल झरेर थोरै घुम्दा काठेको फेदमा पुगिने !
मगर दाइ कोही थिए तल्लो जातथरले चिनिने !
जे भन्थे मानिसले त्यही भनें मैले के पो बिराएँ ?
काङ्क्रो माग्न जाँदा धन्दै चिर्पट खाएर पो आएँ !
भोकले रन्थनिएको बेला काङ्क्रोको लाग्थ्यो आस !
मगर गाउँका घरहरु डुलि उस्तै पर्दा त्यतै हुन्थ्यो बास !!

मुटु काम्छ आँत थर्किन्छ कसरी पो जोस्सिने !!
केही तल आएपछि कराइ राछ आँइटारिखोला !
किताबहरु रुझ्ने हुन् कहाँ पाउनु राख्ने झोला ?
खोलो कटि गएपछि भेटिने ठूलो पिपलको बोट !
‘हल्र्याङ’ खेल्दा हुने थियो डर लाग्ने ठूलो चोट !!
खेलिवरि रमाउने कस्ता थियौं स–साना केटाकेटि !

बाहिर मानिस देखिन्थे खेलिरहेका जुवा र तास !
उस्तै पर्दा बस्ने थिए अरे तिनीहरु जाग्रम र बास !!
घट्टेखोलो तरेपछि भने भेटिन्थे दाजुभाइ सापकोटा !
बाहिरैबाट देखिने माझि टल्किएका ॐखरा र लोटा !!
त्यसपछि भने हामी सिधै पुग्ने थियौं बलिन चहूर !
चिबे, लामपुछ्रे देखिन्थे, थिएनन् है डाँफे र मयूर !!

ककफाइटमा राम्रा थिए मित्र सरका छोरा जीवन पाठक !
उनकै बाबा हामीलाई पढाउने थिए विध्याका एक साधक !
लाङ्ग्दि स्कुल आदर्श प्रावि त्यहीँ पर नजिकै थियो नि !
मङ्सिर पुसमा हामीले त्यहाँ निकै खेल्यौं डन्डिबियो नि !
बलिन चहूरमा थियो यौटा आँपको रुख अग्लो र ठूलो !
फेदमा भने सिर्जनाका ठाउँ थियो है निकै धूलो र मूला े!!

पण्डितघर कटि गएपछि आउने हाम्रो प्यारो त्यो चहूर !
माथितिर भने द्वारेमाइला र पाठकका थिए दुई वटा घर !!

कति खेल्ने हो ? बल्ड्याङ्ग्रा वा पाङ्ग्राको गेडा यो ?
गइ गयो घाम कटेर पारि आइडाँडा बाइडाँडा त्यो !!
पुगेर घर एकै डोको भएपनि घाँस काटि ल्याउनु छ !

लेखेर यी कुरा यहाँ गाली खाने पो हुँ कि मैले !
पाइखानाका बारेमापनि सक्दछन सोध्न कसैले !!
धनी–गरिव सबैका थिए है हालत त्यसबेला उस्तै !
कति त भेटिने थिए बाटोमा पातीले आचि पुछ्दै !
कामिगाडे गाउँ कटेपछि हाम्रा हात हुने थिए नाकमा !
ठूला लिंडका डल्ला हुन्थे त्यहाँ हामी हिड्ने बाटोमा !!

अहिले भने छैन है कहिँ कतै ती स्वास्थ्य बिरोधि आचि !
मृत्युलोकका मानिससँगै गए कि तिनीहरु माथिमाथि !!

भोकलाग्दा खाना माग्ने यस्तै त हो मन !!
जाउ चेपि पुस्तक हातमा त्यही पर पाखो !
ठुलो त्यो लब्सिको बोट झ्याम्म परि राको !!
लेक नै हो यता पल्टाउ उता पल्टाउ सित !
खाजा खाने न त रुपियाँ न त थियो रित !!
त्यही पाखामा यताउति गरि हामी चाहरने !

कतै कतै मात्र हुन् ढुङ्गाका सिंढि हालेको त्यसबेला,
मकैमोई घरपुगि खाँदा भने हुन्थ्यो है निकै अबेला !!
लखतरान छु भोकले झर्नु कसरी ठाडो ओरालो यो ?
ती दृश्य कहन आज मलाई शब्दहरु कै अभाव भो !
दायाँ लागे मगर गाउँ त बायाँ लागे छ ठोटनेरि !
अब त छैनन् होला कोही पनि लब्सिको बोटनेरि !!

कहिले काहीं हो पाइने काङ्क्रो धेरै नै दौढधुप गरदा !
कहाँ पाइन्थ्यो र काङ्क्रो त्यहाँ अरुको भर धेरै परदा ?

मगरगाउँदेखि केही तल थियो एउटा चौतारो,
त्यहीँ यस्तै ओरालिमा ७ कक्षा भयो मैझारो !
कति ठाडो बाटो यहाँ त छ नि नाकनै ठोसने !
सबै बडेमाका लाग्ने हुन् त्यहाँका मानिस भेटेजति !

पिपलबोट कटेपछि थिए धेरै दुईतलेका घरहरु !
ठाडो बाटोका भने अब हटि जाने थिए डरहरु !!
दुईतले ठूलेका छोराजेठा निकै मिल्ने राम शरण !
बिस्कुट मिठाई पाइने पसल घर त्यो मिठो पोषण !!

बलिन चहूर थियो त्यतिखेर हाम्रो एक ठूलैस्टेसन !
विष्णु, गणेश, हरि र खहरेका केशर तथा किसन !!
कति खेल्यौँ त्यहाँ त्यो डरलाग्दो खेल ककफाइट !
पानी लिएर तल माथि गर्नेले मिलाइदिने हुन् साइत !
ककफाइट खेल्दा विष्णु र हरि नै थिए कि डरलाग्दो !
म भने भइन है कहिल्यैपनि भरोसाको र आसालाग्दो !!

त्यही धूलोमा हामी खेलेका थियौं पाङ्ग्राहरु धेरै ढलाई !
खोइ के हो?यस्ता खेलमा खासै सीप भएझैँ लागेन मलाई !!
बल्ड्याङ्ग्रा र गुच्चापनि त्यहाँ कति कति पो खेलियो ?
विष्णु, हरि यिनै हुन् मार्ने! हामी बाँकि जिल्लिनेमा परियो !!
त्यहीँ यौटा थियो धारा, कुलो पनि यहीँबाट निस्किएको !
कसले बिर्सेला?चिप्लेटीबाट झर्दा केटिसँग जिस्किएको !!

मइमकैलाई त्यस अघि यो घाँटिबाट तल पठाउनु छ !!
चहूरमा कति लामो र अग्लो छ एउटा ठूलै बान्दानो !
पण्डितघर पछाडिकोले त भेट्ने थियो कि घरकै छानो !!
हिडियो कहालीलाग्दो त्यो पर्खालको टुप्पो भएर धेरै !
यस्तै हो हाम्रो स्कुल आउजाउ यात्रा साँझबिहान सबेरै !!

आँखा चिप्लि गएपछि भने पुग्ने खुट्टा त्यहीँ आचिमा !
कति धेरै हुन् दिसा ? त्यतिखेरका हाम्रा बाटा घाटामा ?
पण्डित घर पछाडि पुगेपछि ठाडो सिंढी थियो झरने !
आचि बोकेका पानीका छिटा कतिहोकति मुखमा परने ?
खहरेको पाखो थियो त्यस्तै, बस्न सक्छ को र ढुक्कले ?
खपे होलान् है दुःख धेरै त्यसबेला त्यहाँका मानिसले !

लाङ्दी, सिरान्चोक–८, गोरखा