भारतीय राजनीतिका चर्चित व्यक्तित्व एवम् बिहारका पूर्व मुख्यमन्त्री एवं लालुप्रसाद यादवलाई झारखण्ड उच्च अदालतले शुक्रबार एउटा मुद्दामा जमानत दिएको छ । चारा घोटालासँग सम्बन्धित एउटा बहुचर्चित मुद्दामा उनलाई अदालतले जमानत दिएको हो ।
बिहार विधानसभाको चुनावअघि यादवलाई एउटा मुद्दामा जमानत दिएसँगै बिहारको चुनावी राजनीति तरंगित बनेको छ । तर, यादवमाथि लागेको चारा घोटालासँग सम्बन्धित अर्को मुद्दा भने विचाराधीन अवस्थामै रहेकाले यादव जेलमै रहनुपर्ने एएनआईले जनाएको छ ।
लालु यादव सन् २०१७ को डिसेम्बरदेखि जेलमा छन् । तर, स्वास्थ्य समस्या देखाउँदै उनी अस्पताल (महिनौँदेखि राजेन्द्र इन्स्टिच्यूट अफ मेडिकल साइन्सेजमा) भर्ना भएका छन् ।
उनले भारतीय फौजदारी संहिताबमोजिम सात वर्ष र चारा घोटालासम्बन्धी अर्को मुद्दामा सात वर्षको जेल सजाय पाएका छन् । जेलबसाइबाट छलिन बिरामी भएको भन्दै उनल अस्पतालमै रहँदै आएका बताइन्छ ।
लालु यादव बिहारको मुख्यमन्त्री भएका बखत सन् १९९१ र १९९६ मा बिहारस्थित पशुपालन विभागको एक परियोजनाबाट गैरकानुनी तरिकाबाट तीन करोड ५० लाख भारतीय रुपैयाँ झिकेको आरोप छ ।
प्रतिक्रिया