‘चोर’ भन्ने सुरेशदेखि ‘गब्बर’ भन्ने राजकुमारसम्म प्रहरी नियन्त्रणमा !
धनगढीको जुगेडास्थित अस्थायी प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक गोविन्द विक र प्रहरी जवान रामबहादुर साँउदको हत्याको आरोपमा प्रहरीले मंगलबार सात जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१० का पर्कु भन्ने रोहित राना, सोही ठाउँका राजेन्द्र राना, चोर भन्ने सुरेश राना, गब्बर भन्ने राजकुमार राना, रामनिवास राना, टल्लु भन्ने दलराम राना र गोपाल भन्ने रामगोपाल राना रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।
जुगेडाको दक्षिणी भागमा राति गस्ती गर्ने क्रममा गत १ गते धनगढी–१० स्थित मोहना नदीबाट अन्दाजी ४०० मिटर उत्तरमा सिमामा अवैध समानहरुको तस्करी गरी रहेको समूहलाई नियन्त्रणमा लिने क्रममा प्रहरीकर्मीको हत्या भएको थियो ।
प्रतिक्रिया