तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव

तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव


काठमाडौंको तारकेश्वर नगरपालिका-१ चुनदेवीमा कारभित्र जलेको अवस्थामा एक महिलाको शव फेला परेको छ । तारकेश्वर नगरपालिका-९ बस्ने ४५ वर्षीय रश्मि रिजालको शव जलेको अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिलीप घिमिरेले जानकारी दिए ।

रिजाल कार्यालय जान्छु भनी शुक्रबार घरबाट हिँडेको र कार्यालय नपुगी बेपत्ता भएको भन्दै परिवारका सदस्यले हिजै (८ साउन) खोजीका लागि प्रहरीमा निवेदन दिएका थिए ।

निजको खोजी गर्दै जाँदा आज शनिबार कारको पछाडिको सिटमा जलेको अवस्थामा निजको शव फेला परेको उनले जानकारी दिए । कारको भित्री भाग अधिकांश जलेको र निस्सासिएर निजको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ । घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।